दयाहाङको व्यस्तताले ‘कार्साङ’लाई कती घाटा ?



रंगखबर, काठमाडौँ: अभिनेता दयाहाङ राईको प्रमुख भूमिका रहेको फिल्म ‘कार्साङ’को प्रचारप्रसार सुरु गरिएको छ । पूर्वी नेपालबाट सुरु गरिएको यो फिल्मको प्रचारमा दया किन देखिएनन् ? किन जितु एक्लै प्रचारमा देखिए भन्ने प्रश्न अहिले उब्जिएको छ ।

तर, दयाहाङ अहिले फिल्मको छायांकनमा निकै व्यस्त छन् । यता, निर्माणपक्षले दयाहाङ बिनानै फिल्मको प्रचार सुरु गरेको छ । हुनत यो फिल्म पुसको २६ गते मात्र रिलिज हुँदैछ । तर, दयाहाङ बिनै किन यतिचाडै निर्माणपक्षले प्रचार सुरु गरेको होला ?

दयाहाङ छायांकनमा व्यस्त भएको बेला निर्माणपक्षले जितुलाई लिएर फिल्मको प्रचारमा निस्किनुले ‘कार्साङ’लाई फाइदा होला र ? फिल्म प्रचारको लागि निर्माणपक्ष सँग अझै प्रयाप्त समय थियो । तर, निर्माणपक्ष किन अताल्लिएको ? कि दयाहाङ सँग सम्बन्ध बिग्रिएर जितुलाई च्यापेको त होइन ?

यदी त्यसो हो भने दयाहाङको अनुपस्थितिमा ‘कार्साङ’लाई घाटा हुने निश्चित छ । किनकी, सार्वजनिक टिजरको दर्शक प्रतिक्रिया हेर्ने हो भनेपनी कमजोर नै देखिन्छ । त्यसैले, पनि फिल्ममा जस्तै प्रचारप्रसारमा पनि दयाहाङको महत्वपूर्ण भूमिका भएको खण्डमा निर्माणपक्षलाई केही राहत पक्कै मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्