निश्चलको पाचौँ निर्देशनमा ‘डेनी डेन्जरस’ बन्ने



रंगखबर, काठमाडौँ: अभिनेता तथा निर्देशक निश्चल बस्नेतले आफ्नो पाचौँ  फिल्म निर्देशन गर्ने भएका छन। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुराको जानकारी दिएका हुन्। उनले फेसबुकमा पोस्टर सार्वजनिक गर्दै ‘मेरो पाचौं निर्देशन !’ भनेर जानकारी दिदै फिल्मको नाम ‘डेनी डेन्जरस’ राखेका हुन्।

निश्चलकै प्रोडकस्न  हाउस ब्ल्याक हर्सको ब्यानरमा नै फिल्म बन्नेछ भने २०२५ मा फिल्मलाई दर्शकमाझ ल्याउने योजना निश्चलको रहेको छ।

तिहारपछि फ्लोरमा जाने फिल्मको अन्य जानकारी भने निश्चलले दिएका छैनन्।

त्यसोत निश्चल बस्नेत अहिले आफु अभिनित फिल्म ‘बेहुली फ्रम मेघौली’को प्रचारमा ब्यस्त रहेका छन।  आफ्नै ब्यानरबाट बनेको  ‘बेहुली फ्रम मेघौली’ यहि असोज १७ गते घटस्थापनाबाट प्रदर्शन हुदैछ। फिल्ममा उनले अभिनेत्री स्वस्तिमा खड्कासँग देखिदै छन।

प्रतिक्रिया दिनुहोस्