बत्तीको कसम खादै जितु र नीति



रंगखबर, काठमाडौँ: जितु नेपाल र नीति शाहको मुख्य भूमिका रहेको फिल्म ‘ज्वाई साब’को पहिलो गीत रिलिज गरिएको छ।  बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले प्रचार स्वरुप ‘कसम बत्तीको’ बोलको गीत दर्शक सामु ल्याएको हो।  जितु र नीतिलाई रोमान्टिक अवतारमा देखाईएको गीतमा निशान भट्टराई र समीक्षा अधिकारीले आवाज भरेका छन। यादव लम्सालको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको गीतको अडियो शक्तिशाली छ । गीतका अधिकांश अंशहरु सामाजिक संजालमा हिट हुने खालका छन् ।

असोज २४ गते फूलपातीमा रिलिज हुन लागेको यो फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको फिल्ममा संजय थापाको एक्सन, श्याम तामाङको छायांकन, सन्देश शाहको सम्पादन छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको यो फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको फिल्ममा वुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सीपी पौडेल, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनिल तामाङ, नविन काफ्ले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।

रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा ज्वाई साब निर्माण भएको हो । अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको फिल्ममा संजय थापाको एक्सन, श्याम तामाङको छायांकन, सन्देश शाहको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्