‘खुस्मा’को ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ: फिल्म ‘खुस्मा’को ट्रेलर रिलिज गरिएको छ। मंगलबार अभिनेता धिरज मगरको जन्मदिनको अवसर पारेर निर्माण टिमले प्रचार स्वरुप फिल्मको ट्रेलर दर्शकमाझ ल्याएको हो।  सार्वजनिक ४  मिनेट लामो फिल्मको टिजरमा मुख्य कलाकारहरु धिरज मगर र उपासना सिंह ठकुरी केन्द्रमा रखिएको छ। प्रेम र विछोडलाई समावेश गरेर बनाईएको ट्रेलर निकै सरल र आकर्षक बनेको छ।

मगर समुदायको प्रेमकथा बोल्ने फिल्मलाई एम मिडिया प्रालिको व्यानरमा निर्माण भएको हो। वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेतान मगर, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी  फिल्मका निर्माता हुन् । दीपक बज्राचार्यको छायांकन रहेको यो फिल्ममा एसडी योगी र छान्जु पार्कको संगीत छ ।

अशोक थापा मगरको निर्देशनमा बनेको फिल्ममा  माओत्से गुरुङ, सुजाता राई, विजय संयोग सुब्बा, राजु रेग्मी मगर, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण पुन मगर, सारा राई लगायतका कलाकारको अभिनय छ । फिल्म असोजको ३ गतेबाट प्रदर्शन हुनेछ।

प्रतिक्रिया दिनुहोस्