आक्रामक व्यापार गर्दै ‘पुजार सार्की’



रंगखबर, काठमाडौँ: जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिनदेखि प्रदर्शनमा आएको फिल्म ‘पुजार सार्की’ले पहिलो दिन नै ‘ग्रान्ड ओपनिङ’ गरेको थियो। दोस्रो दिन शुक्रवार सार्वजनिक बिदा नभएता पनि फिल्मले सुखद व्यापार कायम राख्यो। तेस्रो दिन शनिवार फिल्मको व्यापारमा अझै आक्रामक व्यापार गरेको छ ।

शनिवार बिहानै देखि देशभरका सबै हलमा हाउसफुल व्यापार देखिएको थियो। दोस्रो शो हरूमा पनि उल्लेखनीय व्यापार देखिएको थियो भने मध्यान्हदेखिका प्राय: शो हाउसफुल भैरहेको वितरक रोहित कट्टेलले बताएका छन। अहिले ‘पुजार सार्की’का कलाकारहरू हल भिजिटमा हिँडिरहेका छन्।

नेपालका तीन सुपरस्टारहरूले एकसाथ अभिनय गरेको यो चलचित्रबाट नेपाली चलचित्रका दर्शकहरूमाझ व्यापक क्रेज हलमा फर्किएको छ। कलाकारहरू हल पुग्दा थामिनसक्नु भिड देखिएको छ।

विकास सुवेदीले लेखेको यो चलचित्रका निर्माता सुवास भुसाल हुन्। यसमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ। चलचित्रले जातीय विभेदको विषयमा ठुलो प्रश्न खडा गरेको छ। चलचित्रलाई देशभरका दर्शकले अत्यधिक मन पराइरहेको रिपोर्टहरू प्राप्त भएका छन्। ओभरसिजमा पनि ‘पुजार सार्की’ले आक्रामक व्यापार सहित उत्कृष्ट प्रतिक्रिया मिलिरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्