प्रिमियरमा ‘बोक्सीको घर’लाई तारिफ



रंगखबर, काठमाडौँ: भोलिबाट देशभर प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को प्रिमियर सम्मपन्न भएको छ।  बिहिबार साझ कलाकार र पत्रकारहरुको बाक्लो उपस्थितिमा निर्माण टिमले फिल्मको भव्य प्रिमियर सम्पन्न गरेको हो।

केकी अधिकारी फिल्म्सको ब्यानरमा निर्माण तथा सुलक्षण भारतीको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्मले महिलालाई कसरी बोक्सीको आरोप कसरी यातना दिइन्छ भन्ने कथालाई प्रस्तुत गरेको छ । सिनेमाको प्रिमियरमा कलाकार, प्राविधिक, निर्देशक, निर्माता, पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो । केकी अधिकारीले निर्माण गरेको फिल्म भएकाले पनि उनलाई साथ दिन अभिनेत्रीहरू हल पुगेका थिए ।

फिल्म हेर्न पुगेकी अभिनय स्वस्तिमा खड्काले कथावस्तु र कलाकारको कामको प्रशंसा गरेकी थिइन् । उनले फिल्म हेरेर महिला वा पुरुषको रुपमा विभाजित गर्नु भन्दा पनि समाजको चेतना स्तर कस्तो छ भन्ने कुरालाई ध्यान दिनुपर्ने बताइन् । निर्देशक तथा निर्माता अशोक शर्माले पनि फिल्मले उठाएको कथावस्तुको प्रशंसा गरेका थिए । उनले यस्तो फिल्मलाई दर्शकको साथको आवश्यक रहेको बताए ।

अभिनेत्री बेनिशा हमाल पनि समाजमा घट्ने विभिन्न घटना मध्येको एउटा तितो यर्थाथलाई टपक्क टिपेर माला जस्तै उनेर सुन्दर फिल्म निर्माण गरेकोमा अभिनेत्री तथा निर्मात्री केकी अधिकारी धन्यवाद दिइन् । यस्तै, निर्देशक तथा कलाकार दीपाश्री निरौलाले पनि ‘बोक्सीको घर’ उत्कृष्ट सिनेमा बनेको भन्दै सम्पुर्ण दर्शकलाई फिल्म हेरेर साथ दिन आग्रह गरिन् ।

गायक तथा अभिनेता प्रकास सुपतले पनि फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् । आफुले फिल्म हेरेर नै फिल्मको मर्म अनुसार नै गीत बनाउने अवसर दिएकोमा अभिनेत्री निर्मात्री केकी अधिकारीलाई धन्यवाद दिएका थिए । साथै, गीतलाई जुन हिसावमा दर्शकबाट साथ सहगोग मिलेको छ, त्यस्तै सहयोगको खाँचो फिल्मलाई पनि रहेकाले फिल्म हेरे साथ दिन सम्पूर्ण दर्शकलाई आग्रह गरे ।

अभिनेत्री तथा उद्घोषिका रिमा विश्वकर्माले पनि फिल्म राम्रो बनेको भन्दै यस्तो विषयवस्तुमा सिनेमा बनाउने हिम्मत गरेकोमा साथी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीलाई बधाई दिइन् । साथै केकीले फिल्मको पात्रको मनोदशा अनुसार उत्कृष्ट काम गरेको बताइन् । यस्तै फिल्ममा अभिनय गरेकी बालकलाकार सुपला सापकोटाको अभिनयको पनि तारिफ गरिन् ।

फिल्मकी निर्मात्री तथा मुख्य अभिनेत्री केकी अधिकारीले शुक्रबारसम्म ‘बोक्सीको घर’ आफ्नो फिल्म भएपनि त्यसपछि सम्पुर्ण दर्शकको फिल्म भएकाले साथ र सहयोगको अपेक्षा रहेको बताइन् । आफुले निर्देशक सुलक्षण भारतीसँग मिलेरले समाजको कथा उठान गरेकाले सवैको साथ पाउनेमा आशावादी छु । प्रिमियरमा फिल्मलाई राम्रो प्रतिक्रिया मिलेको भन्दै दर्शकले पनि सिनेमा रुचाउने विश्वास व्यक्त गरिन् ।

फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

फिल्ममा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले फिल्मको वितरण अधिकार लिएको छ । फिल्मको बुधबारदेखि नै हलहरुले अग्रीम टिकट बुकिङ खुल्ला गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्