‘अगस्त्य’को धमाकेदार ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ: यहि  फागुन १८ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘अगस्त्य’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। बिहिबार पत्रकार सम्मेलन गर्दै निर्माण टिमले प्रचार स्वरूप फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।  यस अघि पोस्टर र टिजर सार्वजनिक भएसँगै आम दर्शक माझ प्रतिक्षित बनेको फिल्मको ट्रेलर सार्वजनिक गर्दै निर्माण टिमले प्रचारलाई तिव्र बनाएको हो। सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु सौगात मल्ल, नाजिर हुसेन, प्रमोद अग्रहरी, मलिका महतलाई विशेष स्थान दिईएको छ।  भने सर्प्राजका रुपमा निश्चल बस्नेतको पनि इन्ट्री देखिन्छ ट्रेलरमा।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्ममाबेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्ममा प्रकाश मल्ल, अनिश तामाङ, विनोद पौडेल निर्माता, तथा विश्व गौचन, अभिषेक चौधरी कार्यकारी निर्माता छन् ।

फिल्ममा सञ्जय लामाको छायाङ्कन, मनोज श्रेष्ठको भीएफएक्स, कविराज गहतराजको कोरियोग्राफी, सौरभ शर्मा, भास्कर स्वारको पाश्र्व संगीत, सुप्रिम पराजुलीको कलर छ ।

फिल्म अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरुमा ७ सय ५० शोमा रिलिज हुने छ ।

प्रतिक्रिया दिनुहोस्