‘नम्बरी सुन’को छायांकन ९० प्रतिशत सकियो



रंगखबर, काठमाडौँ: फिल्म नम्बरी सुनको छायांकन सुरु भएको केहि दिनमै निर्माण टिमले ९० प्रतिशत छायांकन सकिएको जानकारी दिएको छ। सिकाली मन्दिरबाट शुभ मुर्हत गर्दै थालिनी गरेको फिल्मका टिम अहिले लमजुङ्गको भुजुङ्ग गाउँमा छायांकन गरिरहेको छ। राजु गिरिको निर्देशनमा बनिरहेको फिल्म  ७० बर्ष पुरानो कथा कथामा आधारित छ।
सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने फिल्ममा नारायण खातीको लगानी र कथा रहेको फिल्मको  प्रस्तुतकर्ता पनि खाती स्वयम् नै हुन्। फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी, नारायण खातीको गीत रचना, शान्तिश्री परियारको स्वर रहेनेछ। नम्बरी सुनबाट द्धन्द्व निर्देशक राजेन्द्र खड्गी कमव्याक गर्दैछन् । फिल्म लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा छायांकन भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्