सिड्नीको घोषणा,सबिन र रिमाले जोडी बाध्ने



रंगखबर, काठमाडौँ: फिल्म ‘सिड्नी’ बन्ने भएको छ। आईतबार राजधानीको एक होटलमा पत्रकार सम्मेलन गर्दै फिल्मको औपचारिक घोषणा गरिएको हो। देव कुमार श्रेष्ठले निर्देशन गर्ने फिल्ममा अभिनेता सबिन श्रेष्ठ र अभिनेत्री रिमा बिश्वकर्माको मुख्य अभिनय रहनेछ। पहिलो पटक एकसाथ सहकार्य गर्न लागेका सबिन र रिमा फिल्मलाई लिएर निकै नै उत्साहित देखिएका थिए।

ओमाईगड इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको ब्यानरमा बन्ने फिल्ममा हाल सम्म रिमा र सबिन मात्र फाईनल भएपनि छायांकन अघि सम्पूर्ण कलाकारहरुको टुंगो लाग्ने जानकारी निर्माण टिमको छ। फिल्म अष्ट्रेलियामा गएर गर्नु पर्ने संघर्षको कथामा आधारित हुनेछ।

 

चोला बहादुर आचार्य र भीमराज रसाइलीले निर्माण गर्ने फिल्ममा अम्बर रसाइली प्रस्तुतकर्ता रहनेछन। युगलध्वज कार्कीले लेखेको फिल्मलाई हरि बहादुर घलेले खिच्नेछन। वैशाख देखि फ्लोरमा जाने फिल्मको छायांकन २० प्रतिशत नेपालमा र ८० प्रतिशत अष्ट्रेलियामा हुने जानकारी निर्माण टिमको छ।

प्रतिक्रिया दिनुहोस्