‘भष्मे डन’मा स्वस्तिमा, कस्तो होला बिपिन र स्वस्तिमाको जोडी ?



रंगखबर, काठमाडौँ: निर्देशक दिपेन्द्र के. खनालले निर्देशन गर्ने आगामी फिल्म ‘भष्मे डन’का लागि मुख्य अभिनेत्रीको रुपमा स्वस्तिमा खड्का फाईनल भएकी छन। दिपेन्द्र के.खनाल र खगेन्द्र लामिछानेले निर्माण गर्ने फिल्ममा अब भने भष्मे डन अर्थात विपिन कार्कीको अपोजिटमा स्वस्तिमा खड्का हुनेछिन। फिल्मका निर्माण टिम र स्वस्तिमा बीच आईतबार कागजी सम्झौता भएको हो।

फिल्म भष्मे डनसंग जोडिन पाउँदाको खुसी स्वस्तिमाले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत ब्यक्त गरेकी छन। उनि लेख्छिन ‘ Collaborating with the best. 🙏 (सबै भन्दा राम्रो संग सहकार्य। 🙏) “पशुपती प्रसाद – २” “भष्मे डन” भन्दै उनले निर्देशक दिपेन्द्र के. खनाल र खगेन्द्र लामिछानेलाई ट्याग गरेकी छन।

फागुन १२ गते देखि पशुपति क्षेत्रमा छायांकन हुन लागेको फिल्म आगामी दशैँमा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ।  फिल्म पशुपति प्रसादको सिक्वेल हुनेछ।  पशुपति प्रसाद २०१६ को ब्लकबस्टर हिट बनेको थियो।  फिल्मकै पात्र भष्मे डन बाट बन्न लागेको फिल्मको सिक्वेल पशुपति प्रसाद जस्तो हिट हुन्छ या हुदैन त्यो भने पछि नै थाहा होला। तर पशुपति प्रसाद पछि पुन: सहकार्य गरेका दिपेन्द्र र खगेन्द्रले फिल्ममा केहि नयाँ कहानी ल्याउनेमा कुनै दुईमत छैन।

 

 

प्रतिक्रिया दिनुहोस्