बुलबुल जोडी पुन: एकपटक दोहोरिदै



रंगखबर, काठमाडौँ: कृषा चौलागाईंले निर्देशन गर्ने फिल्म ‘अ‍ैंचो-पैंचो’बाट अभिनेत्री द्वय स्वस्तिमा खड्का र बर्षा राउत पुन: एकपटक संगै देखिने भएका छन। फिल्ममा स्वस्तिमा र बर्षाका साथै अभिनेताद्वय मुकुन भुसाल र सुशील सिटौला पनि मुख्य भूमिकामा देखिने भएका छन। सोसल-पोलिटिकल ड्रामामा आधारित रहेर बन्ने फिल्ममा ‘बुलबुल’ पछि मुकुन र स्वस्तिमा पनि दोहोरिन लागेका हुन्। ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलाँस’ जस्ता फिल्म निर्माण पछि कृषाले अब भने फिल्म निर्देशनमा डेब्यु गर्न लागेकी हुन्। माघको अन्तिम साताबाट फ्लोरमा जाने फिल्मका कलाकार अहिले क्यारेक्टर छलफलमा ब्यस्त छन। अभिमन्यू निरवीको पटकथा तथा संवाद रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन। केपी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा कृषा आफैको लगानी रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्