नम्बर १ को दौडमा आँचल तर आफ्नै बोलीले बन्छिन ट्रोल



रंगखबर, काठमाडौँ:नाई नभन्नु ल ४’ बाट डेब्यु गरेकी अभिनेत्री हुन् आँचल शर्मा। पहिलो फिल्मबाटै सफलताको स्वाद चाखेकी उनले पछि ‘सत्रु गते’, ‘दाल भात तरकारी’ र ‘झिङ्गेदाउ’ जस्ता हिट फिल्ममा काम गरिसकेकी छिन। मल्टीस्टारर फिल्महरु हिट भएपनि उनले आकाश श्रेष्ठ र उनि अभिनित फिल्म ‘ब्ल्याक’ले भने पानी सम्म पनि माग्न पाएको थिएन। अभिनय ठिक ठाक गरे पनि उनि सामाजिक संजालमा प्राय: हिट भईनै रहन्छिन। कहिले पल शाहसँगको प्रेम चर्चा त कहिले बिहेमा लगाएको महँगो लेहेंगा, कहिले पबजी ट्रोल त कहिले बिपसनामा गएर आफ्नो क्रोध कन्ट्रोल गरेर दिएको अन्तर्वाता। जे होस आँचलले बोलेका हरेक कुराहरु भाईरल भईनै रहन्छ।

अहिले भने उनि केहि दिन अघि एक युटुव च्यानलमा दिएको अन्तर्वातामा बोलेको दुईवटा अभिब्यतिका कारण चर्चामा छिन्। पहिलो हो उनले अभिनेत्री पूजा शर्मालाई अग्रज भन्दै दिएको अभिव्यक्ति, उनले सो अन्तर्वार्तामा उनले पूजा आफु भन्दा धेरै अग्रज भएकाले उहाँसंग प्रतिष्पर्धा नरहेको भन्न भ्याएकी थिईन। सो क्लिप अहिले टिकटकमा भाईरल छ। कतिपयले उनलाई अग्रजको अर्थ पनि थाहा नभएको भन्दै उनको ट्रोल गरिरहेका छन् । आफु भन्दा पूजा धेरै अघि फिल्म क्षेत्रमा आएकाले आफुले सम्मान गर्ने बताएकी थिईन।

अर्को हो अभिनेत्री स्वस्तिमाकालागि दिएको अभिव्यक्ति, सोहि अन्तर्वार्तामा उनले स्वस्तिमासँग फिल्ममा कसैले अफर गरेको खण्डमा खुसी खुसी स्वीकार गर्ने भनेकी थिईन, तर जब मौका आँचलको हातमा आयो तब उनले सो मौकालाई स्वीकार गरिनन्। उनलाई कृषा चौलागाईंले निर्देशन गर्ने फिल्म ‘अ‍ैंचो-पैंचो’मा स्वस्तिमाका साथ अफर आएको थियो। तर केहि दिन अघि मात्र आफैले बोलेको बोलीमा टिक्न सकिनन्। जे होस फिल्म खेल्ने नखेल्ने आँचलको व्यक्तिगत कुरा हो, तर आफुले बोलेको बोलीमा भने अडिक रहनु पनि एक कलाकारको दायित्व हो। आँचल र स्वस्तिमाले हाल सम्म ‘कुरा बुझ्न पर्छ’ बोलको म्युजिक भिडियोमा संगै काम गरेका थिए जुन एकदम सफल भएको थियो।

आँचलले बिहेपछि बिग ब्यानरका दुई ठुला फिल्महरु ‘बर एण्ड बधु’ र ‘नाई नभन्नु ल ६’ गरिसकेकी छन। आँचलले अहिले आफुलाई धेरै नै ग्रूम गरिरहेकी छन। यहि अनुसार आँचलले आफुलाई निखार्दै जाने हो भने आँचललाई नम्बर १ हुन कसैले रोक्न सक्दैन। मात्र आफुले बोल्दा भने आँचलले राख्नुपर्छ।

तस्बिर: आँचल शर्माको फेसबुकबाट 

 

प्रतिक्रिया दिनुहोस्