आर्यनको दिन सकिएकै हो त ? गफ चाहिँ करोडको तर हल सुनसान



रंगखबर, काठमाडौँ: चकलेटी ब्वाईको छवीले आम दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाउन सफल अभिनेता हुन् आर्यन सिग्देल। केहि बर्ष अगाडी सम्म अभिनेता आर्यन सिग्देलको फिल्म भने पछि युवा युवती देखि वृद्ध वृद्धा पनि खुबै हुरुक्कै भएर हल सम्म पुग्ने गर्थे। सन् २००३ बाट फिल्म ‘बिर गणेशमान’बाट फिल्म क्षेत्रमा डेब्यु गरेका उनले सन् २००७ मा रिलिज भएको छविराज ब्यानरको फिल्म ‘किस्मत’बाट पाएको सफलता पछि उनि हरेक दर्शकको मन मुटुमा बस्न सफल भएका थिए। किस्मत पछि उनले लगातार हिट फिल्महरु दिएर दर्शकसामु आफुलाई अब्बल सावित बनाएका थिए। तर २०१६मा रिलिज भएको फिल्म ‘क्लासीक’ देखि उनै हिट हिरो आर्यनले सफलताको स्वाद खासै चाख्न पाएका छैनन्। उनले काम गरेका नयाँ अभिनेत्रीहरु साम्राज्ञी आर एल शाह, मिरुना मगर, स्वस्तिमा खड्काले पनि फिल्ममा आर्यनलाई सफलता दिन सकेका छैनन्।

अब आर्यन पुन: एकचोटी असफल भएका छन। उनि अभिनित फिल्म ‘डिसेम्बर फल्स’ रिलिज भएको दिन देखि आज सम्म आईपुग्दा पनि आर्यनलाई दर्शकले पत्याउन सकेका छैनन्। हालाकी फिल्ममा उनीसंग हरेक हिरोका लागि लक्की मानिने अभिनेत्री उपासना सिंह ठकुरी अपोजिटमा थिईन। उपासनाले उनको करियरमा अहिले सम्म फ्लप फिल्म दिएकि थिईनन, यद्यपि उनि आर्यनका लागि लक्की सावित भने बनिनन। फलस्वरूप आर्यन र उपासनाको जोडीलाई दर्शकले यसरी वास्ता गरेननकि फिल्मले पानी पनि भन्न पाएन।

नेपालको सबै भन्दा ठुलो र धेरै ब्रान्च भएको मल्टीप्लेक्स QFX ले फिल्मलाई अत्याधिक शोज दिएपनि फिल्मले दर्शक रिझाउन सकेन। त्यसो त आर्यनले फिल्म ‘डिसेम्बर फल्स’ रिलिजताका फिल्मले करोडौको ब्यापार गर्ने भन्दै गफ भने धेरै दिएका थिए। उनको गफ अहिले बालुवामा हालेको पानी जस्तै भएको छ।

सरसर्ती हेर्दा उनले २०१६ देखि सफलताको स्वाद चाख्न पाएकै छैनन्। यस बीच उनको आवेग, होमवर्क, छक्का पन्जा (अतिथि भूमिका), रुद्रप्रिया,काईरा, हजार जुनी सम्म, चचहुई डिसेम्बर फल्स रिलिज भएका थिए। जस मध्ये फिल्म छक्का पन्जा बाहेक सबै फ्लप सावित भई सकेका छन।

कुनै समयमा आर्यनको टाउको जोड्दा पनि फिल्म कस्तो रहेछ भन्दै हलसम्म पुग्ने दर्शकहरुले विगत केहि बर्षले आर्यनले गरेको फिल्म प्रति खासै चासो देखाउन छोडेका छन। उता आर्यन भने एकपछि अर्को फिल्म साईन गरिरहेका छन। बुधबारमात्र आर्यन एक अन टाईटल्ड फिल्ममा अनुबन्धित भई सकेका छन।

प्रतिक्रिया दिनुहोस्