‘मुन्द्रेको कमेडी क्लब’को तेश्रो सिजनमा अध्यक्षमा प्रियंका कार्की



रंगखबर, काठमाडौँ: चर्चित कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ को तेश्रो सिजन बन्ने भएको छ। चाडैनै छायांकन सुरु हुने शोलाई अब भने दिनेश डिसीले निर्देशन गर्ने भएका छन। त्यसै गरि यस सिजनमा अध्यक्षको कार्यभार सम्हाल्दै गरेकी अभिनेत्री करिष्मा मानन्धर भने रहने छैनन् , उनलाई अभिनेत्री प्रियंका कार्कीले रिप्लेस गर्ने भएकी छन। प्रियंकालाई लिएर बुधबार जितुले प्रोमो छायांकन गरिसकेका छन। चाडैले प्रशारण हुने मुन्द्रेको कमेडी क्लब मा हास्य कलाकार दमन रुपाखेति, श्याम राना, दिनेश काफ्ले, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ को इन्ट्री भएको छ भने राजेन्द्र नेपाली ‘लट्टे’ भने पुरानै भूमिकामा देखिने भएका छन।

 

प्रतिक्रिया दिनुहोस्