रंगखबर, काठमाडौं – प्रज्वल श्रेष्ठ र तुलसी बोहराको आवाजमा दशैँ गीत ‘दशैँ आयो रे’ सार्वजनिक भएको छ ।
सार्वजनिक दशैँ गीतमा प्रज्वल श्रेष्ठको शब्द रचना र संगीत छ । गीतको एरेञ्जमेन्टपनि प्रज्वल कै हो ।
प्रदीप बास्तोलाको निर्देशन गरेको म्युजिक भिडियोमा प्रदीपसंगै श्वेता मिश्र, आशिष मगर, सुमिना कार्की, कटक भुजेलको अभिनय छ ।
दिनेश थापा र संकल्प भुजेलले खिचेको म्युजिक भिडियोमा शिवानी शर्माको शृंगार र फुर्वा लामाको सम्पादन छ ।
यो म्युजिक भिडियो मूनस्टोन प्रोडक्सन नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।