–कमल प्रसाई
बिगतमा झै मलाई तस्विर खिचेर अरुको मन जित्न मन लागेन । जाजरकोटमा फैलिएको माहामारीले देशलाई तर्साई रहेको थियो । सोही बखत मेरो शिक्षक तथा डाईरेक्टर दिनेशराज शर्मा रुघामर्किका कारण त्रसित भई स्वास्थ्य परिक्षणकालागि नयाँ बानेश्वरको भरोशा अस्पतालमा जानुभएको रहेछ । संयोगबस सोहि समयमा मेरो वहासंग टेलिफोन सम्पर्क भयो र म भेटघाटकालागि भरोसा लागे ।
क्यान्टिनमा भेट र चिया गफ सकिन लागेको थियो, सबै सटरहरु हल्लिन थाले । कुद्दै हामि खुल्ला चौर खोज्न थाल्यौं, आखाले देखेजति कुनै बस्तु स्थिर थिएनन् । रहुन पनि कसरी ७.९ हेक्टर स्केलको भुकम्प जो गएको थियो ।
कुरा वैशाख १२ गते ११ बजेर ५९ मिनेट जादाको हो कम्पन रोकिन लागेको अनुभुति हुन मात्र लाग्दै थियो, अस्पतालको प्राङगणमा हतासीदै मोटरसाईकलमा १ बालिका र पछि पछि एउटा ट्याक्सिमा ४ बालिकाहरु रक्ताम्मे र छटपटाई रहेको अवस्थामा ल्याइदै थियो जुन देख्ने म पनि भए । पर्खाल लडेर गम्विर घाईते अवस्थाबाट उद्धार गरि ल्याईएका ५ बालिका मध्ये २ जनाले मेरै आखा अगाडि प्राण त्याग गरे । मनमा यस्तो दर्द पस्यो की सायद मनबाट कहिल्यै निस्कदैन होला ।
सधै क्यामेरा बोकेर हिड्ने र तस्विर कैद गरिहाल्ने मेरो बानीले पनि त्यो दिन काम गरेन् । विरक्त लाग्यो । यो जिन्दगी भन्या त यस्तै रहेछ, मर्ने र बाच्नेको ठेगान नै नहुँदोरहेछ भन्ने अनुभुती भयो । त्यसपछि सरासर कोठातिर लागे । संविधानसभा भवन छेउमै रहेको मेरो कोठा नपुग्दै थाहा भयो– ‘सबै साथीभाईहरु खुल्ला चौरमा बस्न थालिसकेका रहेछन् , कोठा र घर त सबैले छाडिसकेका रहेछन् पटकपटकको भुकम्पको कम्पनले गर्दा ।’ मैले नि त्यसै गरे । तीन रात संविधानसभा भवनको खुल्ला चौरमा बित्यो । न राम्रोसंग सुत्न पाइयो, न खान । भुकम्पपछिका चार दिन म कहिल्यै बिर्सन सक्दिन् । यि मेरा मानसपटलमा कहिल्यै नमेटिने दाग बनेर बसेका छन् ।
यही भुकम्पले मेरो देशको सान अर्थात ऐतिहासिक धरोहरहरु भत्काइदिएको छ । यही भुकम्पले हजारौ मानिसहरुको ज्यान लिएको छ । हजारौँलाई घाइते बनाएको छ । हजारौँ घरवारविहिन भएका छन् । धेरैको भत्किएको छ, चर्किएको छ । यो भुकम्पले घर मात्र भत्काएन, सबै नेपालीको मन पनि भत्काइदियो । अनि मेरो पनि ।