रंग खबर, काठमाडौँ | फिल्म ‘सायद २’को हङकङ प्रिमिएर भब्य भएको छ ।पहिलो पटक प्रिमिएर भएको ‘सायद २’ हेरेर दर्शकबाट राम्रो प्रतिक्रिया मिलेको निर्माण युनिटले बताएको छ ।
फिल्म ‘सायद २’को हङकङ प्रिमिएरमा पाहुना बन्न पुगेका निर्माता सुनिल रावल र दुर्गिस थापाले दर्शकको प्रतिक्रियाबाट सन्तुष्ट रहेको बताए । जनवरी २ मा येउस्थित ‘तेइ कम्युनिटी हल’मा भएको प्रिमिएरमा ४०० दर्शकको उपस्थिति रहेको बताएका छन् ।
सोहि दिन भएको ‘धुर्मुस सुन्तली’ कार्यक्रमका बावजुत पनि ५०० सिट क्षमता भएको हलमा ४०० दर्शक आउनु भनेको नै फिल्म प्रतिको क्रेज रहेको निर्माता रावलले बताए ।
पुष्पराज न्यौपानेको निर्देशन रहेको फिल्म ‘सायद २’लाई सुनिल रावल , इश्वर श्रेष्ठ र सुभास लामिछानेले निर्माण गरेका हुन् । फिल्ममा शुशिल श्रेष्ठ ,सारोन श्रेष्ठ , अमृत ढुंगाना , कुशल पाण्डे , शुसिल सिटौला , निशा कार्कि , रुबिना श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
हङकङमा प्रिमिएर सम्पन्न भएको ‘सायद २’ आगामी बर्षको जेठमा नेपाल रिलिज हुनेछ ।