आँचलको ‘एक मुठ्ठी बादल’ले जित्यो नेदरल्यान्डमा ६० हजार युरो



रंगखबर, काठमाडौँ: आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ नेदरल्यान्डको ह्युबर्ट बाल्स फन्ड पोस्ट-प्रोडक्सन अनुदानका सेलेक्ट भएको छ। फिल्मले उक्त अनुदान अन्तर्गत ६० हजार युरो आर्थिक सहयोग प्राप्त गरेको छ।

यसका साथै फिल्मको निर्देशक सहर शर्मा ह्युबर्ट बाल्स फन्डको पोस्ट-प्रोडक्सन अनुदान जित्ने पहिलो नेपाली महिला निर्देशक बनेकी छन् । गौथली इन्टरटेन्मेन्ट (नेपाल), थर्ड कल्चर किड्स (जर्मनी), र क्रोमोजोम फिल्म (जर्मनी)को सह-निर्माण रहेको यो फिल्म नेपालकै पहिलो महिलाप्रधान अन्तर्राष्ट्रिय स्तरमा सह-निर्मित फिल्म समेत हो ।

विवाहको वरिपरि घुमेर बनेको फिल्ममा अभिनेत्री आँचल शर्माका साथै निशा शर्मा, शेखर चापागाईं, उषा रजक, मनीष निरौला, सहयोग अधिकारी, गौरव बिष्ट, अविरल प्रताप अधिकारी, भीमा मैनाली, अश्मिता गौतमको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्