‘एक्टर: टेक वन’को टिजरमा राज वल्लभ र प्रदीपको भिडन्त



रंगखबर, काठमाडौँ: फिल्म ‘एक्टर: टेक वन’ को अफिसियल टिजर रिलिज गरिएको छ। फस्ट लुक पोस्टर रिलिज भएसंगै चर्चामा रहेको फिल्मको प्रचार स्वरुप निर्माण टिमले अब भने टिजर रिलिज गरेको हो।  १ मिनेट ३२ सेकेन्ड लामो फिल्मको टिजरमा फिल्मक मुख्य पात्रहरु प्रदिप खड्का, राज वल्लभ कोइराला, आना शर्मा र दिभ्या रायमाझीलाई फिचर्ड गरिएको छ। त्रिकोणात्मक प्रेम कथाको भान हुने टिजरमा माया प्रेम र बदलाको भावना देख्न सकिन्छ।

कार्तिक १५ (लक्ष्मी पूजा) देखि देशभर प्रदर्शन हुने फिल्मलाई राजन भुसालले निर्देशन गरेका हुन्। फिल्ममा प्रदिप, आना, र दिव्याका साथ राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक र सुशील सिटौलालगायतको प्रमुख अभिनय छ।

‘एक्टर: टेक वन’ अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुति हो भने निर्माता थमन कुमार भण्डारी हुन्। अनिश भुसाल सह-निर्माता र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन्। फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालले संयुक्त रूपमा लेखेका हुन्।

फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन, र पोस्ट-प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन्। फिल्मको मिडिया प्लानिङ एक्जुकेटिभ जीवन पराजुली रहेका छन् भने ईभेन्ट प्लानर लिभेन्ट्स स्टुडियो रहेको छ। फिल्ममा संगीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन् भने कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन्। द्वन्द्व निर्देशन अष्ट महर्जनले र कला निर्देशन कृष्णमान तामाङले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्