‘होस्टेल ३’को शुभ मुर्हतसँगै छायांकन सुरु



रंगखबर, काठमाडौँ: फिल्म ‘होस्टेल ३’को शुभ मुर्हतसँगै छायांकन सुरु भएको छ।  आइतबार ललितपुरको कार्यविनायक मन्दिरमा निर्माण टिमले पुजा गर्दै फिल्म फ्लोरमा गएको जानकारी दिएको हो। फिल्मका मुख्य पात्रद्वय पारस बम र सिम्रन पन्तले मुर्हत सर्ट दिदाँ निर्देशक सशान कँडेलले एक्सन कट गरेका थिए।

काठमाडौंको बोडेमा सुरु भएको फिल्मको पहिलो चरणको छायाङ्कन २५ दिनसम्म चल्ने र तिहारपछि अर्को चरणको छायाङ्कन सुरु गरिने निर्देशक सशान कँडेलले जानकारी दिएका छन।

फिल्मलाई आगामी फागुन १६ गते विश्वभर एकसाथ प्रदर्शन गर्ने योजना निर्माण टिमको रहेको छ।  फिल्ममा पारस र सिम्रनका अलावा रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ,  हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँलगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ। फिल्ममा अभिनेता आर्यन सिग्देल  होस्टेलको वार्डेनको भूमिका देखिनेछन भने अभिनेत्री परीक्षा लिम्बु विशेष भूमिका देखिनेछिन।

माधव शर्माको स्क्रिप्ट रहेको फिल्ममा कथा निर्देशक सशान कँडेलकै रहेको छ।  सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण हुने फिल्मका डिओपी अर्जुन तिवारी हुन् भने सिनेमाटोग्राफर बुद्ध थापा र मनोज खत्री हुन्। फिल्ममा मुख्य सहायक निर्देशक सुदिप कुँवर रहेका छन।

कार्यकारी निर्माता शङ्कर कोइराला, निर्माता कर्ण कार्की र गोविन्द अधिकारी रहेको फिल्ममा सह-निर्माताहरूमा सुधा मरहट्ठा, सुरेश कँडेल, र अर्जुन सापकोटा रहेका छन् भने लाइन प्रोड्युसर भेषराज गौतम हुन्।

त्यसोत् फिल्मको जापान, मध्यपूर्व, र मलेसियाका लागि वितरण अधिकार रिलिज अघि नै बिक्री भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्