चर्चा ‘खुस्मा’को, दर्शक भन्छन, ‘कपि गरेर फिल्म निर्माण गर्नेको दिन गयो’



रंगखबर, काठमाडौँ: दुई दिन अघि मात्र रिलिज भएको धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘खुस्मा’को ट्रेलरले दर्शकको मन जितिरहेको छ। यस अघि फिल्मका २ गीतहरु रुकुम मैकोट र खुसीका फुल बटुलेरले दर्शक माझ ठुलो हाईप क्रिएट गरिसकेको छ। अब भने अगाडीका दुई गीतहरु झैँ फिल्मको ट्रेलरलाई दर्शकको साथ मिलेको छ।  फलस्वरूप फिल्मको ट्रेलर युट्युबको ट्रेन्डिङ १ मा बस्न सफल भएको छ। यो समाचार तयार गर्दा सम्म फिल्मको ट्रेलरलाई ३ लाख ७७ हजार पटक दर्शकले हेरिसकेका छन।

 

गीत र ट्रेलरले राम्रो प्रतिक्रिया पाएपछि दङ्ग परेका धिरज र उपासनालाई अहिले फिल्मको प्रचारमा भ्याई नभ्याई छ। दर्शकले यी दुईको अन स्क्रिन केमेस्ट्रीलाई औधी रुचाइरहेका छन अहिले। त्यसो त ट्रेलर हेरेका हरेक दर्शकले कमेन्ट बक्समा धिरज र उपासनाको तारिफ मात्रै गरेका छैनन् उनिहरुलाई रियल जोडी भएको हेर्न रहर छ भन्दै मायापनि देखाई रहेका छन। अझै कतिपय दर्शकले त् कपि गरेर फिल्म बनाउनेको दिन गए भन्दै ट्रेलरको तारिफ गर्दै ‘आफ्नै कथा बस्तु आफ्नै रहनसहन आफ्नै पन सिनेमा सुपरहिट हुनेछ यसमा दुई मत छैन।’ भन्दै प्रतिक्रिया जनाएका छन।

ट्रेलर र गीतमा आएको सकारात्मक प्रतिक्रियाले हाल निर्माण टिम दंग देखिएको छ।

मगर समुदायको प्रेमकथा बोल्ने फिल्म एम मिडिया प्रालिको व्यानरमा निर्माण भएको हो। वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेतान मगर, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी  फिल्मका निर्माता हुन् । दीपक बज्राचार्यको छायांकन रहेको यो फिल्ममा एसडी योगी र छान्जु पार्कको संगीत छ ।

 

अशोक थापा मगरको निर्देशनमा बनेको फिल्ममा  माओत्से गुरुङ, सुजाता राई, विजय संयोग सुब्बा, राजु रेग्मी मगर, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण पुन मगर, सारा राई लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्म असोजको ३ गतेबाट प्रदर्शन हुनेछ।

प्रतिक्रिया दिनुहोस्