‘तेल भिसा’को ‘तुकुनको मुकुन मन पर्‍या’मा कति सुहायो विपिन र पूजाको जोडी ?



रंगखबर, काठमाडौँ: फिल्म ‘तेल भिसा’को दोश्रो गीत सार्वजनिक गरिएको छ। युटुवमा रिलिज गरिएको ‘तुकुनको मुकुन मन पर्‍या’ बोल रहेको गीतमा फिल्मका मुख्य कलाकार विपिन कार्की र पूजा चन्द फिचर्ड छन। गीतमा विपिन र पूजालाई बुद्धि तामाङ र जाहन्वी बस्नेतले साथ दिएका छन। शान्तिश्री परियार र साइराज खत्रीको स्वर रहेकोगीतमा कृष्ण भारद्धाजको संगीत, राजन इशानको एरेञ्ज तथा निर्विकल्पम, कृष्ण भारद्धाज, शंकर अधिकारी घायल र नवीन बिकको शब्द रचना रहेको छ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुतीमा बनेको फिल्ममा अभिनेता विपिन कार्कीलाई दोहोरि भूमिकामा देख्न सकिन्छ। अहिले सार्वजनिक ब अहेको गीतमा उनि अभिनेत्री पूजा चन्दको श्रीमानको भूमिकामा देखिएका छन भने उनको अर्को क्यारेक्टर विपिन बर्षा राउतका श्रीमानको भूमिकामा देखिएका छन। त्यसोत अभिनेत्री पूजा चन्दसँग पनि विपिनको जोडी उत्कृष्ट देखिएको छ। पूजाले तेल भिसाबाटै सिने नगरीमा कम ब्याक गरेकी हुन्।

निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा विपिन र पूजासँगै वर्षा राउत, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।

मङ्सिरको ७ गतेबाट रिलिज हुने फिल्ममा प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेका छन। फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्