रंगखबर, काठमाडौँ: अभिनेता विराज भट्टले निर्देशन गरिरहेको फिल्म ‘१२ गाउँ’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा विराजका छोरा तथा फिल्मका मुख्य अभिनेता समीर भट्टलाई एङ्ग्रि लुकमा देख्न सकिन्छ। पोस्टरमा उनि एक हातमा चक्कु र अर्को हातमा खुकुरी बोकेर दौडी रहेका छन।
एक्सन–थ्रिलर जनरामा बन्न लागेको फिल्ममा समीर सहित पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र म्युजिक भिडियो अभिनेत्री सनिशा भट्टराईको पनि मुख्य भूमिका रहेको छ । यी तिन कलाकारहरुले सोहि फिल्मबाट नेपाली सिने नगरीमा डेब्युपनि गर्न लागेका हुन। त्यसै गरि फिल्ममा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।
विराज भट्टको दोश्रो निर्देशकीय फिल्मको पटकथा सन्तोष सरकारले लेखेका हुन् । दक्षिण भारतीय फिल्ममा एक्सन कोरियोग्राफरको रुपमा चर्चित सिल्भा मास्टरले यसमा द्वन्द्ध निर्देशनको काम गर्नेछन् । एक्सन–थ्रिलर जनरामा यो फिल्म बन्न लागेको हो ।
आगामी दशैँमा रिलिजको योजना बनाएको फिल्मको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।