‘फर्की फर्की’को दोश्रो गीत ‘अन्तिम माया’मा पिडामा अनमोल



रंगखबर, काठमाडौँ: अभिनेता अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’को दोश्रो गीत सार्वजनिक गरिएको छ। प्रचार स्वरुप निर्माण टिमले अन्तिम माया बोलको गीत सार्वजनिक गरेको हो।  हुन त यस भन्दा अघि फिल्मका टिमले ट्रेलर र पहिलो गीत सार्वजनिक गरिसकेको छ। सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङलाई फिचर्ड गरिएको छ। गीतमा उनिहरु प्रेम विछोडले  पिडामा रहेको देख्न सकिन्छ।

गायक नरेन लिम्बुको आवाज रहेको उक्त गीतमा शब्द/संगीत पनि गायक स्वयमकै रहेको छ। गीतको मिक्सिङ्ग एण्ड मास्टरिङ्ग बृजेश श्रेष्ठ ( नेस स्टुडियो)ले गरेका हुन् भने साउण्ड डिजाईन शैलेश श्रेष्ठले गरेका हुन्।

रोहित अधिकारीको निर्माण तथा सुयोग गुरुङको निर्देशनमा तयार भएको फिल्मा रोहित र ओम अग्रवालको लगानी रहेको छ । सुयोगकै कथा तथा पटकथा रहेको फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता, आलोक शुक्लाको छायांकन रहेका छन ।

फिल्ममा अनमोल र जसिताका अलावा निर्मल शर्मा, कृष्ण मल्ल, रवि काफ्ले र समृद्धि अर्यालको पनि अभिनय छ । फिल्मले यहि जेठ १० गतेबाट प्रदर्शन हुदैछ।

त्यसो त् फिल्मको ट्रेलर र शिर्ष गीत सार्वजनिक भएसँगै फिल्मको हाईप ह्वात्तै बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्