रेखाको ‘उपहार’मा मुकुन भुसाल



रंगखबर, काठमाडौँ: अभिनेत्री रेखा थापाले निर्माण गर्ने आगामी फिल्म ‘उपहार’का लागि अभिनेता मुकुन भुसाल फाइनल भएका छन्।  निर्माण टिम र भुसाल बिच आइतबार लिखित सम्झौता भएको हो। फिल्म ‘बुलबुल’बाट सबैको नजरमा पर्न सफल अभिनेता मुकुनले गत वर्षको हिट फिल्म ‘झिँगे दाउ’मा काम गरिसकेका छन्। जसलाई ‘उपकार’लाई निर्देशन गर्ने निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका थिए। मुकुनको अरू २ फिल्म ‘गणपति’ र ‘ऐँचो पैँचो’ पनि भदौमा प्रदर्शन हुनेछन। फिल्ममा यसअघि अभिनेत्री पूजा शर्मा फाइनल भई सकेकी छन्। फिल्मका लागि अझै एक अभिनेत्रीको खोजी भइरहेको छ।

फिल्म उपकारमा अनुबन्धित भएपछि अभिनेता मुकुन भुसालले सामाजिक सञ्जाल फेसबुक मार्फत खुसी व्यक्त गरेका छन्।  उनी लेख्छन् ‘ रेखा थापा जी को चलचित्र उपहार मा जोडिएको जानकारी गराउन पाउँदा निकै खुसी छु। उपहार लाई ज्ञानेन्द्र देउजा सरले निर्देशन गर्नु हुनेछ तपाईहरुको आशीर्वाद सहयोग सल्लाह सुझाव जहिले शिरोपर राखिरहने छु। ‘

प्रतिक्रिया दिनुहोस्