चितवन प्रिमियरमा ‘तिम्रो मेरो साथ’ले पायो उत्साहजनक दर्शक



रंगखबर, काठमाडौँ: प्रदर्शनको संघारमा रहेको फिल्म ‘तिम्रो मेरो साथ’को बुधबार चितवनमा ग्रान्ड प्रिमियर भएको छ। भोलिबाट देशभर एकसाथ प्रदर्शन हुने फिल्मलाई चितवनबासी दर्शकले उत्साहजनक प्रतिक्रिया दिएका छन। प्रिमियरकै लागि भनेर पुष्प साम्राज्ञी सन्दिप र फिल्मका निर्माण टिम हिजै चितवन पुगेका थिए। चितवन पुगे लगत्तै फिल्मका टिमले लक्की मिडिया हाउसद्वारा आयोजित महोत्सवको स्टेज तताएका थिए। महोत्सवको माहोल तताएका फिल्मका सम्पूर्ण टिमले प्रिमियर पछि पनि उत्तिकै उत्साहित देखिएको थियो।

चितवन सिनेप्लेक्समा सम्पन्न भएको प्रिमियरमा चितवन महानगरकी मेयर रेणु दाहालका साथै आम दर्शकहरुको बाक्लै उपस्थिति रहेको थियो। फिल्मको कथावस्तु एकदम मन परेको भन्दै दर्शक निस्किदा फिल्मको सम्पूर्ण टिमनै दंग देखिएको थियो। के युवा के वृद्ध सम्पूर्णले फिल्मको तारिफ गरेका थिए। चितवनबासीको अपार माया सम्हादै फिल्मका टिम काठमाडौँ फर्कीसकेको छ।

निर्माता रमेश एम. के. पौडेलको डेब्यु निर्देशकीय फिल्म आर्यन फिल्म प्रोडक्सन र बोधी एच डी अमेरिकाको  ब्यानरमा निर्माण भएको हो भने फिल्मलाई निर्देशक पौडेलका छोरा आर्यन पौडेलले निर्माण गरेका हुन्। सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको फिल्ममा पुष्प, साम्राज्ञी र सन्दिप क्षेत्रिका साथै सरोज खनाल ,सन्दिप क्षेत्री, खड्ग बहादुर पुन(खबपु), इमिली लामा र बिशेष भूमिकामा ध्रुब दत्तले अभिनय गरेका छन् ।

फिल्मलाई शिव ढकालले खिचेका हुन् भने योगेश काजीले संगीत भरेका हुन्। पासांग लामा निर्माताका रुपमा देखिएको फिल्ममा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली सह- निर्माता रहेका छन।

 

प्रतिक्रिया दिनुहोस्