कविताको जन्मदिनमा करिष्मा भन्छिन ‘आफ्नो र हाम्रो जिम्मा तिमी लेउ’



रंगखबर, काठमाडौँ: सदाबहार अभिनेत्री करिष्मा मानन्धरले आफ्नी छोरी कविताकालागि निकैनै मर्मस्पर्शी संदेश दिदै शुभकामना व्यक्त गरेकी छिन। उनले उक्त संदेश आफ्नी छोरीको जन्मदिनको अवसर पारेर सामाजिक संजाल फेसबुक मार्फत व्यक्त गरेकी हुन्। उनले कविताको बच्चा देखि अहिले सम्मका केहि तस्विरहरु सेयर गर्दै यस्तो संदेश दिएकि हुन्।

करिष्माको संदेश यस्तो छ ,

‘पुष को त्यो जाडोमा ।
कोहि नभएको कठ्याङ्ग्रिदाे अवस्थामा जन्मिएको तिमी ।
म तिमिलाइ जन्मदिनको शुभकामना दिन , अझै पनि हतारमा छु
तेसैले म भोलि को नसोची आजै भन्छु ।।
अब तिमी ठुली भयेउ ।
हामीले गरेका तयारीहरु तिमिलाइ बचकाना लाग्न सक्छन् !!
हामी पनि चाहान्छौ ।
अब आफ्नो र हाम्रो जिम्मा तिमी लिउ ।
प्रश्न सोध्नु छैन अब ।
हामिले लिनुपर्ने जिम्मा अब तिमिले लिनुपर्छ ।
जानी नजानी तिम्रो बाबा र मैले तिमिलाइ हुर्काउन , शिक्षा दीक्षा , संस्कार दिन गरेको त्यो प्रयास कत्तिको सफल भयो या भएन !
त्यो अब तिमी छुट्ट्याउन सक्छौ ।
तिमी यो शरीरको भाग हौ ।
तेसैले तिमिलाइ परिआएको हरेक घटनाले यो पनि दुख्छ ।
हरेक तिम्रो जिवनका घटनामा समावेश हुनु हाम्रो हस्तक्षेप होइन ।
यो स्वत निर्धारित छ ।
तिमी माथी हक दावी गर्नु भन्दा पनि
तिमी खुसी भएको हेर्ने रहर हो हाम्रो ।
हाम्रा धेरै कमजोरी हरु पत्ता लगाउन सक्षम छौ
अब तिमी !
आशा छ यो बाट धेरै सिक्ने छौ ।
तिमी आज जे जस्तो छौ !
त्यो हाम्रो देन हो ।
तेसको जिम्मा हामी लिन्छौ ।
अब तिमी ठुली भयेउ ।
आगडी तिमी र पछाडि हामी हुनुपर्छ ।
गाडिको स्टेरिङ्ग तिम्रो हातमा हुनुपर्छ ।
मायामा विस्वास गासियो भने मात्रै तेसले सम्पूर्णता पाउछ ।
तिमिलाइ हामी विस्वास गर्छौ ।
बाउ , आमाका लागि छोराछोरी जहिले पनि बच्चानै हुन्छन ।
हाम्रो धेय तिम्रो विचार र क्रियाकलापमा हस्तक्षेप गर्नु होइन !
हाम्रा नादान हस्तक्षेपलाई माया सोचिदिनु !
बलेसीको पानीमा कागजको डुङ्गा बगाएको जस्तो होईन जीवन !
आशा छ निरन्तर बग्ने हिम नदि झै बन्ने छौ ।
खुसी हुनु र खुसी भएको जस्तो देखाउनु दुई फरक पाटा हुन् ।
आशा छ तिमी यो बुझ्छौ ।
किनकि
अब तिमी ठुली भयेउ ।
जन्मदिनको शुभकामना छोरी ´कबु`
स्वस्थ र खुसी रहनु 💖’

आज कविताले आफ्नो २८ औँ जन्मदिन मनाउदैछिन। रंगखबरको सम्पूर्ण टिमबाट कविता मानन्धरलाई जन्मदिनको धेरै धेरै शुभकामना।

प्रतिक्रिया दिनुहोस्