‘जेरी २’ ले ल्यायो ‘टाइटल फन्ट डिजाइन कम्पिटिसन’



रंगखबर, काठमाडौँ: घोषणा देखिनै चर्चामा रहेको फिल्म हो ‘जेरी २’। हेमराज बिसीले निर्देशन गर्ने फिल्म अहिले अर्को बिषय ‘टाइटल फन्ट डिजाइन कम्पिटिसन’ले चर्चित बनेको छ। निर्माण टिमले पौष १० गते भित्र जो कोहि प्रतिष्पर्धीहरुले ‘टाइटल फन्ट डिजाइन’ गरि ‘[email protected]’ ठेगानामा पठाइसक्नु पर्ने सर्त ल्याएको छ। साथै फन्ट अरु कसैको कपि भएमा मान्य नहुने पनि बताएको छ। निर्णायक मण्डलको मुल्यांकनका आधारमा विजेता छनोट हुने भएकाले निर्धारित मिति भन्दा ढिलो पठाईएको डिजाईन स्वत: रद्ध हुने जानकारी पनि निर्माण टिमले दिएको छ। विजेताले ५० हजार नगद प्राप्त गर्नेछन र विजेताको डिजाईन फिल्ममा समावेश हुनेछ।

अनमोल केसी स्टारर फिल्म अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मलाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्नेछन। फिल्ममा अनमोलका अलावा पूर्णिका सिजापति फाईनल भएपनि अरु कलाकारहरुको टुङ्गो लागिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्