हेलिकप्टर चार्टर गरेर क्लाइमेक्स खिच्न लाङटाङ पुग्यो ‘डिसेम्वर फल्स’ टिम 



रंगखबर, काठमाडौँ: आगामी पौष १५ गतेबाट देशभर एकसाथ प्रदर्शन हुने फिल्म ‘डिसेम्वर फल्स’को सम्पूर्ण छायांकन सकिएको। फिल्मको क्लाइमेक्स खिच्दै निर्माण टिमले प्याकअप गरेको हो। क्लाइमेक्स सिनकै लागि भनेर निर्माण टिम केहि दिन अघि हेलिकप्टर चार्टर गरेर लाङटाङ पुगेको थियो। प्रेम र बदलामा आधारित फिल्ममा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी मुख्य भूमिकामा देखिएका छन।  यस  अघि पोस्टर, टिजर र गीत सार्वजनिक गरेर चर्चामा रहेको फिल्ममा सलोन बस्नेत, शिवहरी पौडेल, नागेन्द्र रिजाल, नरेश भट्टराई लगातयत कलाकारहरुको पनि अभिनय रहेको छ।

प्रविण झा निर्देशित फिल्म रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो। फिल्ममा रामप्रसाद रिजाल प्रस्तुतकर्ता रहेका छन भने लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माताका रुपमा रहेका छन। बिपीका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा/सम्वाद रहेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् । दीपक शर्मा,कोसिस क्षेत्री,सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने,शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले बितरण गर्दैछन् । फिल्मलाई महेश आर गुप्ताले छायांकन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्