‘अंश माग्न देउ’ भन्दै उषा र गीता



रंगखबर, काठमाडौँ: माईकल चन्दको निर्देशन तथा गायिका कमला थापाको स्वर रहेको ‘अंश माग्न देउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।  बाबुल गिरीको शब्द, संगीत तथा एरेन्ज रहेको गीत सोमबार ओएसआर डिजिटल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो। उषा उप्रेती र गीता ढुंगाना फिचर्ड भएको गीतको भिडियोमा कमला थापा, नारायण थापा, बेग बहादुर कार्की, दिपा कार्की, सुन्दर कार्की र सेजन कार्की लगायतको पनि अभिनय छ । नवराज उप्रेतीको छायांकन रहेको गीतको भिडियोमा छोरा छोरी समान हुन भन्ने संदेश दिन खोजिएको छ। नयाँ कन्सेप्टमा काम गरेको भएकाले पनि गीतको भिडियोलाई दर्शकहरुले मन पराउनेमा निर्देशक चन्द विश्वस्त छन। गीतमा माईकल स्टेप – अप आर्ट्स एण्ड एकाडेमीको कोरियोग्राफी रहेको छ।

भिडियो हेर्नुस : 

प्रतिक्रिया दिनुहोस्