यार्सागुम्बा टिप्नेहरुको कथामा ‘हाम्रो स्वर्ग’ बनाउदै शोभित



रंगखबर, काठमाडौँ – अनुभवी निर्देशक शोभित बस्नेतले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । उनले ‘हाम्रो स्वर्ग’ नामक फिल्म निर्देशन गर्न लागेका हुन् ।

यो शोभितको ३२ औँ निर्देशकीय फिल्म हुनेछ । यार्सागुम्बा टिप्ने मान्छेहरुको कथामा बन्ने यो फिल्मलाई कर्णाली प्रदेशका १० ओटै जिल्लामा छायांकन गरिने निर्देशक बस्नेतले जानकारी दिए ।

चैत अन्तिम सातादेखि फ्लोरमा जाने फिल्मको लागि दुई मुख्य पुरुष र दुई मुख्य महिला कलाकारको खोजी भैरहेको छ ।

कर्णाली प्रदेशको भाषा, भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने फिल्मले एउटा पृथक र वास्तविक कथा भन्ने निर्माण पक्षको दावी छ ।

एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने फिल्ममा शान्ता शर्माको लगानी रहनेछ ।

नवदत्त न्यौपानेको संगीत रहने फिल्ममा रामकृष्ण बुडथापाको कथा र रामजी राउतको मुख्य सहायक निर्देशन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्