कृष्ण भट्टराई र मीना निरौलाको आवाजमा ‘केवल कारैमा’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । गायक भट्टराईको यसअघि ‘कुल कुल’ बोलको गीत दर्शक–श्रोताको नजरमा परेको थियो । बुधबार सार्बजनिक ‘केवल कारैमा’ गीतमा मदन प्रधानको शब्द रचना, विश्व अधिकारीको संगीत रहेको छ ।
सार्बजनिक गीत रचनाकार मदन प्रधानको एकल एल्बम ‘सपना सिर्जना’मा समाबेश छ । यस एल्बममा चार गीत समावेश छन् । कृष्ण भट्टराईको स्वरमा दुई वटा र अञ्जु पन्तको स्वरमा एउटा गीत रहेको छ भने अर्को एउटा गायकको स्वर हाल्न बाँकी रहेको छ । उक्त एल्बम केही समयपछि सार्बजनिक गरिने गीतकार प्रधानले जानकारी गराए ।
इन्डियाको रियालिटी शो ‘डान्स प्लस’मा फर्स्ट रनरअप बनेका सुजन मार्पा तामाङ र बुगी वुगीकी बिजेता कविता नेपालीलाई फिचर्ड गरिएको भिडियोलाई राजिब समरले निर्देशन गरेका हुन । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोमा सुजन मार्पा तामाङका कोरियोग्राफी रहेको छ । चन्द्रागिरीमा छायांकन गरिएको भिडियोलाई चन्द्रागिरी हिल्स प्रालिले पनि सहयोग गरेको छ । गीतको पछिल्लो समय लोकप्रिय रहेको ‘टिकटक’ कम्पिटेसन पनि गरिने भएको छ । ‘टिकटक’ कम्पिटेसनले गीतको लोकप्रियतासंगै प्रतिभा भएकाहरुको प्रोत्साहनका लागि ‘टिकटक’ कम्पिटेसन गर्न लागिएको गायक भट्टराइले जानकारी दिए । ‘टिकटक’ कम्पिटेसन बिजेताले नगद ३३ हजार ३ सय ३३ रुपैंया नगद प्राप्त गर्नेछन ।