रंगखबर, काठमाडौँ – मिस वर्ल्ड २०१८ को टप ३० मा नेपालले पनि स्थान बनाउन सफल भएको छ । चिनको सान्यामा जारी प्रतियोगितामा मल्टीमिडिया अवार्ड जित्दै शृंखला खतिवडाले नेपालको लागि टप ३० को सिट सुरक्षित गरेकी हुन् ।
मल्टीमिडिया अवार्डको फाइनल ३ मा नेपालसँगै मेक्सिको र केन्या पुगेका थिए । दुवै देश क्रमस दोस्रो र तेस्रो भए । अब नेपालले डिसेम्बर ८ मा सम्पन्न हुने फाइनलमा सिधै सहभागिता जनाउन पाउनेछ ।
त्यस्तै टुरिजम भिडियो च्यालेन्जको उपाधि जित्दै केन्याले पनि टप ३० मा स्थान बनाएको छ । यो विधाको टप ५ मा केन्यासँगै चिन, नेपाल, पुइट्रो रिको र इंग्ल्याण्ड पुगेका थिए । यी देशले क्रमस दोस्रो देखि पाँचौं स्थान हाँसिल गरे ।
टप ३० मा यसअघि नै भारत, सिंगापुर, थाइल्याण्ड, मेक्सिको, युगान्डा, भेनेजुइला, म्युरीटिएस, बंगलादेश, चिली, मलेसिया, फ्रान्स र जापानले स्थान बनाइसकेका छन् ।