रंगखबर, काठमाडौँ: शुक्रबार साँझ भव्य कार्यक्रमका बीच सार्वजनिक गरिने भनिएको मल्टीस्टारर फिल्म ‘पिताम्बर’को ट्रेलर रिलिज कार्यक्रम स्थगित भएको छ। शुक्रबार समाजवादी मोर्चाले शक्तिप्रदर्शन गर्ने भएपछि फिल्मको ट्रेलर रिलिज कार्यक्रम रोकिएको निर्माण टिमले जानकारी दिएको छ।
भृकुटीमण्डपमा कन्सर्ट गर्दै दर्शकको भव्य उपस्थितिमा गर्ने भनिएपनि सोहि ठाउँमा समाजवादी मोर्चाले शक्तिप्रदर्शन गर्ने भएपछि कार्यक्रमलाई असर गरेको हो।
अब भने ट्रेलर रिलिजको योजना अनिश्चित रहेको निर्देशक कृषा चौलागाईंले जानकारी दिएकि छन्।
प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय रहेको फिल्म यहि चैत्र २९ गते रिलिज हुदैछ।