रंगखबर, काठमाडौँ: फिल्म ‘जन्ते बाख्रो’को फर्स्टलुक पोस्टर रिलिज भएको छ। निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज मिति पनि तय गरेको हो। सौगात मल्लको मुख्य भूमिका रहेको फिल्मलाई दर्शकले जेठको २३ गतेबाट हेर्न पाउँने भएका छन्। त्यसोले उक्त मिति सम्म अरु कुनैपनि फिल्मले रिलिज मिति घोषणा गरिसकेका छैनन्।
सार्वजनिक पोस्टरमा हिमालको काखमा सेटअप गरिएको पोस्टरमा आशिफ र गरिमालाई रोमान्टिक अवतारमा प्रस्तुत हुँदा सौगातले निराश भावमा उनीहरुलाई हेरिरहेका छन् । उनीहरुको बीचमा चस्मा लगाएको बाख्रोलाई देखाइएको छ । निर्माण टिमले यसलाई बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो रुपमा चित्रण गर्न खोजेको बुझिन्छ ।
सुमोस सुनुवारले निर्देशन गरेको फिल्म मुईन इन्टरटेनमेन्टको प्रस्तुति बनेको हो। फिल्ममा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ ।
फिल्ममा सौगात, आशिफर गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहेको छ।
प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको फिल्ममा सन्तोष गौतम लगानी रहेको छ।
फिल्मलाई टिफल्क फिल्मस्ले वितरण गर्नेछ भने डिजिटल राइट्स स्वंयम निर्माण कम्पनी मुईन इन्टरटेनमेन्टले नै राखेको छ ।