‘आउटलः दफा २१९’बाट सुशील सफल कमब्याक



रंगखबर, काठमाडौँ: बिहिबारदेखि रिलिजमा आएको फिल्म ‘आउटलः दफा २१९’ले हलमा दर्शक राम्रो तानिरहेको छ । आज शनिबार पनि फिल्म हेर्न दर्शकको चाप हलमा राम्रै देखियो । काठमाडौंका हलमा दर्शकको उच्च चाप देखिएपछि यसका कलाकार तथा मेकरहरु हल–हलमा पुगे ।

नयाँ टिम, नयाँ मेकर र केही नयाँ तथा पुराना कलाकारहरुको साथमा तयार भएको यो फिल्मको मेकिङ र एक्सनको चौतर्फी तारिफ भइरहेको छ ।

फिल्म हेरेर हलबाट निस्किएका दर्शकले पनि यो फिल्मको मेकिङ र एक्सनलाई दर्शकले हलिउड र बलिउडका थुप्रै फिल्मसँग तुलना गरिरहेका छन् ।

४ वर्षपछि नायक सुशील श्रेष्ठ फिल्ममा फर्किएका थिए । सुशीलको कमब्याक कस्तो होला भन्ने उत्सुकता धेरैको मनमा थियो ।

तर, सुशीलले यतिबेला सबैको तारिफ बटुलिरहेका छन् । सामाजिक संजालमा पनि फिल्म हेरेर फर्किएका दर्शक, फिल्मीकर्मी र पत्रकारहरुले सुशीलको काम र मिहिनेतको तारिफ गरिरहेका छन् ।

फिल्म ‘आउटलः दफा २१९’को क्लाइमेक्सको चेजिङको दृश्यले धेरैको ध्यान खिचेको छ । नेपालमा यस्तो खिचाई र दृश्य यसअघि नहेरेको भन्दै दर्शकले प्रतिक्रिया दिएका छन् ।

हलमा पुगेका सुशीललाई दर्शकहरुले उत्साहजनक रुपमा साथ दिएपछि उनी पनि अब निरन्तर काम गर्ने बताउँछन् । आफूहरुले गरेको मिहिनेतको प्रतिफल पाएको सुशील बताउँछन् ।

काठमाडौंमा आयोजित प्रेस शोमा पुगेका अधिकांश पत्रकार तथा कलाकारहरुले पनि यो फिल्मको मुक्तकण्ठले प्रशंसा गरे । फिल्मले शनिबारसम्म राम्रो दर्शक पाएको निर्माता अमित अग्रहरि बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्