रंगखबर, काठमाडौं: अभिनेता धिरेन शाक्य ‘चिट्ठा’ लिएर नेपाली दर्शक माझ आउने भएका छन। उनले आरएल लामा मोक्तानको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘चिट्ठा’बाट पुन : दर्शक माझ आउन लागेका हुन्। पुषको दोश्रो साताबाट फ्लोरमा जाने फिल्ममा शाक्यसँगै अभिनेता भोलाराज सापकोटाले पनि मुख्य भूमिका निभाउने भएका छन्। निर्माण टिमको जानकारी अनुसार फिल्मका लागि अझै एक अभिनेता र मुख्य अभिनेत्रीको छनौट गर्न बाँकी रहेको छ।
रेल्लु माया तामाङ प्रस्तुतकर्ता रहेको फिल्ममा आर सुनाम मोक्तानको लगानी, मियम मोक्तानको सह- लगानी, रंग पत्रकार सञ्चु थोकर लामाको छायांकन, शंकरको महर्जनको द्वन्द्व , आरएल लामा मोक्तानको शब्द तथा संगीत, युवराज कँडेल र अनु चौधरीको गायन रहनेछ ।
फिल्ममा धिरेन र भोलासहित अर्जुन गुरुङ (भँगेरी डन), निमा लामा र रसिला कार्कीको पनि फिल्ममा अभिनय रहनेछ ।