रंगखबर, काठमाडौँ: चर्चित अभिनेता आयुष्मान जोशीले शुक्रबार अग्रणी अन्तर्राष्ट्रिय कपडा ब्राण्ड पिटर इंग्ल्याण्डको कुमारीपाटीमा नयाँ स्टोरको उद्घाटन गरेका छन् । नेपालमा पिटर इंग्ल्याण्डको यो तेस्रो स्टोर हो ।
आदित्य बिरला फेसन एण्ड रिटेल लिमिटेड अन्तर्गतको पिटर इंग्ल्याण्डले विभिन्न मुलुकमा किफायती मूल्यमा उच्च गुणस्तरीय फेसन सामग्री उपलब्ध गराउँदै आएको छ ।
पिटर इंग्ल्याण्डका प्रमुख अपरेटिङ अफिसर अनिल एस कुमारले काठमाडौँमा तेस्रो स्टोरको उद्घाटनसँगै काठमाडौँमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा उत्साहित भएको बताए । ‘प्यासिफिक बिजनेस प्राइभेट लिमिटेडसँगको साझेदारीले हाम्रो विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको छ, र हामी हाम्रा ग्राहकहरूलाई थप सेवा गर्न पाउँदा खुसी छौँ,’ उनले भने ।
प्यासिफिक बिजनेश प्राइभेट लिमिटेडका निर्देशक विपिन कुमार अग्रवालले नयाँ स्टोरको सुरुवातसँगै फेसनप्रति सचेत ग्राहकहरूलाई अझ धेरै विकल्पहरू ल्याइएको बताए । कुमारीपाटीमा नयाँ स्टोर सञ्चालनमा आएसँगै नेपालमा पिटर इंग्ल्याण्डको उपस्थिति थप बलियो बनेको उनको भनाइ छ ।
‘नयाँ स्टोर सुरु भएसँगै, ब्रान्डले आफ्नो उपस्थितिलाई अझ बृद्धि गर्ने र देशभरका पुरुषहरूलाई प्रिमियम तथा गुणस्तरीय विकल्पहरू प्रदान गर्दै जीवनशैलीसँग जोडिने उत्पादनहरूको बढ्दो माग पूरा गर्ने लक्ष्य राखेको छ,’ उनले भने ।
१८८९ मा आयरल्याण्डमा स्थापना भएको पिटर इंग्ल्याण्ड पुरुषका कपडाका लागि भारतको सबैभन्दा ठूलो ब्राण्ड हो । यसका भारतका ८ सय सहरमा १ हजार १ सयभन्दा बढी स्टोर छन् ।
लामो समयदेखि गुणस्तर र विश्वासनीयताका लागि परिचित पिटर इंग्ल्याण्डलाई इकोनोमिक टाइम्स ब्रान्ड इक्विटी सर्वेक्षणले लगातार ७ वर्षसम्म भारतको सबैभन्दा विश्वसनीय र उत्कृष्ट पोशाक ब्रान्डको मान्यता दिएको छ ।