‘नरसिंहाः अवतार’को शुभ मुर्हत सम्पन्न



रंगखबर, काठमाडौँ: एक्सन तथा सोसल ड्रामामा बन्ने फिल्म ‘नरसिंहाः अवतार’को शुभ मुर्हत सम्पन्न भएको छ। बिहीबार काठमाडौँको एनएफडिसि स्टुडियो बालाजुमा फिल्मको मुहूर्त गरिएको हो । राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र अर्जुन श्रेष्ठ र प्राविधिकहरुको उपस्थितिमा फिल्मको शुभ साईत गरिएको हो।

निर्देशक दिवाकर भट्टराईले निदेशन गर्ने फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर लगायतका कलाकारको अभिनय रहनेछ ।

यही फिल्मबाट ८ वर्षपछि महानायक हमालले कम्ब्याक गर्दैछन् । आठ वर्ष भन्दा धेरै समय पछि हमाल फिल्ममा फर्किने खबरले यतिबेला नेपाली फिल्मवृत तताएको छ ।

फिल्मका द्वन्द निर्देशक चन्द्र पन्त हुन् । फिल्मलाई निर्माता नरेन्द्र महर्जन, पशुराम बस्नेत र ध्रुव न्यौपानेले संयुक्त रूपमा निर्माण गर्दैछन् । फिल्मको एप्पल इन्टरटेन्मेन्ट, एफडी कम्पनी र रिच इन्टरटेन्मेन्टले संयुक्त रूपमा वितरण गर्नेछ ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहेको फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्