‘गुन्यो चोलो’को रिलिज डेट पोस्ट पोण्ड



रंगखबर, काठमाडौँ: नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म गुन्यो चोलोको रिलिज मिति हेरफेर भएको छ। कार्तिक ९ गतेबाट देशभर प्रदर्शन हुने भनिएको फिल्म अहिले अफिसियल रुपमा पोस्ट पोण्ड भएको छ। बिहिबार निर्माण टिमले सामाजिक संजालमा प्राविधिक कारणले गर्दा तोकिएको मितिमा फिल्म रिलिज गर्न असमर्थ भएको जानकारी दिएका छन।

फिल्मकि निर्देशक समुन्द्र भट्टले सामाजिक संजाल फेसबुकमा फिल्म पोस्ट पोण्ड भएको जानकारी दिदै लेख्छिन :
‘क्षमाप्रार्थी ! क्षमाप्रार्थी हाम्रो चलचित्र गुन्यो चोलो (दि ड्रेस ) जुन,कार्तिकको ९ गते रिलिज हुने भनी घोषणा गरिएको थियो केही विशेष तयारी गर्ने योजना भएको कारणले केहि समयका लागि स्थगित भएको जानकारी गराउन चाहन्छौं संगै एउटा ठुलो खुसीको खबरका साथ नयाँ रिलिज डेट संगै हामी फेरि पनि आउने छौँ । हामीलाई तपाईंहरूले दिनु भएको माया र साथप्रति निकै नै आभारी छौँ । त्यसको लागि तपाईंहरुलाई धेरै धेरै धन्यवाद । हामी अझै केही विशेष र भब्य लिएर आउने बाचा गर्दछौं । धन्यवाद ।’

फिल्ममा अभिनेता नजिर हुसेनका साथै संचिता लुइँटेल, सुशील सिटौला, विशाल पहरी, निशा बजगाईं, अनुपम श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्