दयाहाङले गरे ‘अञ्जिला’को डबिङ



रंगखबर, काठमाडौँ: नेपाली चलचित्र ‘अञ्जिला’का लागि अभिनेता दयाहाङ राईको स्वराङ्कन (डबिङ) सम्पन्न भएको छ । चलचित्र नेपालमा आगामी फागुन २९ गते रिलिज हुँदैछ । व्यस्त समय तालिकाबीच अभिनेता राईले चलचित्रको डबिङ कार्य सम्पन्न गरेका हुन् ।

चलचित्र ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ । चलचित्रलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् । चाम्सका अनुसार चलचित्रको लगभग सबै काम पूरा भइसकेको छ र छिट्टै पत्रकार सम्मेलन मार्फत अन्तर्राष्ट्रिय रिलिजबारे घोषणा गरिनेछ ।

चलचित्रमा प्रमुख भूमिकामा एञ्जिला तुम्बापो सुब्बा आफैँ देखिनेछिन् । साथै, दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निभाएका छन् ।

प्रतिक्रिया दिनुहोस्