‘१२ गाउँ’को ‘कसो कसो’मा समिर र सोनुको रोमान्स



रंगखबर, काठमाडौँ: फिल्म ‘१२ गाउँ’को दोश्रो गीत रिलिज गरिएको छ। सार्वजनिक ‘कसो कसो’ बोलको गीतमा समिर भट्ट र सोनु चन्द्रपालको रोमान्स  देख्न सकिन्छ। गीतमा सुगम पोखरेल र सदिक्षा कट्टेलको आवाज रहेको छ भने सुबाश चन्द्र ढुंगेलको शब्द तथा निरज सिंहको संगीत सजिएको छ।

विराज भट्ट विराज भट्ट प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी, प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

अभिनेता विराज भट्टको निर्माण, निर्देशन र कथामा तयार भएको फिल्ममा सन्तोष सरकारको पटकथा तथा संवाद तथा स्टन्ट सिल्भा र शंकर महर्जनको एक्सन छ ।

असोजको २४ गते फूलपातीको अवसर पारेर रिलिज हुने फिल्ममा समिर सोनुका अलावा न्यान्सी खड्का, सनिषा भट्टराई,  मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के कृष्ण भट्ट लगायतका कलाकारको पनि अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्