मोफोसलमा ‘रावायण’ हेर्नेको घुईचो



रंगखबर, काठमाडौँ: प्रदर्शनरत फिल्म ‘रावायण’को प्रचार प्रसारका लागि यतिवेला फिल्मका कलाकार मोफसलका विभिन्न जिल्लामा छन् । बुधवार फिल्मका नायक पल शाह तथा फिल्मकी निमात्री समेत रहेकी नायिका पुजा शर्मा दाङका विभिन्न सिनेमा हलमा दर्शकसँगको साक्षात्कारमा उपस्थित भए ।

दाङ घोराहीको मनकासी सिनेमा हल, गणेश चित्रालय तथा नारायणपुरमा रहेको भिएफएक्स सिनेमाजमा पल शाह र पुजा शर्मा पुगेका थिए । त्यहाँ पुग्दा उनीहरु दर्शकको घेरा भन्दा बाहिर जान सकेनन् ।

उनीहरुले फिल्म हलमा दर्शकसँगै बसेर फिल्म हेरेका थिए । फिल्म हेरेपछि दर्शकले फिल्ममा नायक पल शाह र नायिका पुजा शर्माले एकदमै राम्रो काम गरेको र फिल्मको छायांकन पक्ष पनि दमदार रहेको प्रतिक्रिया दिएका थिए । फिल्मपछि कलाकारद्धय पल र पुजा दर्शकसँग नाँचेका थिए । पल र पुजाले नेपालगञ्ज र धनगढीका दर्शकसँग पनि साक्षात्कार गरेका थिए ।

पल र पुजा दाङ आएको मौका पारी चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले नारायणपुरमा रहेको भिएफएक्स सिनेमाजमा साक्षात्कार गरेको थियो । संघका जिल्ला अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा नायक पल शाहले आफूले फिल्ममा धेरै मिहेनत गरी काम गरेको बताए । उनले दर्शकको चाहाना बमोजिमको फिल्म निर्माण भएको जानकारीसमेत दिए ।

नायिका तथा निमात्री पुजा शर्माले फिल्म राम्रो बनेको र फिल्म हेरेका दर्शकले फिल्म मन पराइदिएकोमा खुसी व्यक्त गरिन् । उनले दाङ जिल्लामा आफू पहिलो पटक आएको र आफूले दाङवासीहरुको असाध्यै माया पाउँदा प्रफूल्लित भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्