‘दुखी आत्मा’को सेटबाट दयाहाङ र आँचलको तस्विर बाहिरियो



रंगखबर, काठमाडौँ: फिल्म ‘दुखी आत्मा’ फ्लोरमा गएको छ। फिल्मको हाल राजधानीका बिभिन्न स्थानमा छायांकन भइरहेको छ । अब भने निर्माण टिमले फिल्मको सेटबाट मुख्य भूमिका टेक दिई रहेका कलाकारद्वय दयाहाङ राई र आँचल शर्माको तस्विर सार्वजनिक गरेको छ।

क्लक वर्क कृएसन्सको ब्यानर बनिरहेको ‘दुखी आत्मा’ सोसियल कमेडी जनरामा बन्नेछ । आलोक शुक्लाको छायांकन,सुशान्त गौतमको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्मको प्रोडक्शन म्यानेजर सुदीप ढकाल छन् । काठमाडौँका आसपास क्षेत्रमा छायांकन हुने फिल्म भरपुर मनोरञ्जक बनाउन कुनै कसर बाँकी नराख्ने निर्माण टिमको दावी छ।

दिपेन्द्र लामाले एक्सन कट गरिरहेको फिल्ममा दया र आँचलका साथमा  अनुपविक्रम शाही,बुद्धि तामाङ, पुस्कर गुरुङ,कविता आले,शिसिर वाङ्देल,आशान्त शर्मा,लोकेन्द्र लेखक,अंकित खड्का, लुनिभा तुलाधर,आरती आचार्य,निमा पाण्डे,इंगीहोपो कोइच सुनुवार,यासेली योङहाङलगायतका कलाकारहरुले अभिनय गर्दैछन् ।

आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको रिलिज मिति सुटिङ सकिएपछि मात्रै तय गरिने जानकारी निर्माता कडरियाले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्