यस्तो छ ‘हाम्रो गोराखानी गाउँ’



रंगखबर, काठमाडौँ: प्राकृतिक सुन्दरता,धर्म सम्पदा,बौद्ध,गुम्बा,कला संस्कृती हिम पर्वत,हरियाली सुन्दर डांडापाखा,कलकलाउदो झरनाहरुले भरिपुर्ण नगर हो दुधकुण्ड नगरपालिका । सोलु जिल्लामा पर्ने यो दुधकुण्ड नगर को एउटा गाउँ हो गोराखानी गाउँ,जुन वडा दुधकुण्ड नगरपालिकाको वडा नं ९ पर्दछ ।यस वडामा पर्यटकिय क्षेत्रमा चर्चामा रहेको पिके पिक, ग्युरर्मी छोइलिङ गुम्बा,दुधपोखरी,बौद्ध,गुम्बा,माहादेवी,सेतीभुमी जस्ता पुरातात्विक हिसावले पनि महत्व बोकेको धार्मिक तथा पर्यटकिय क्षेत्रहरु रहेका छन । यिनै बिबिध सुन्दरताले भरिपुर्ण कला सस्कृति,धर्मिक शक्ती पिठ र पर्यटकिय क्षेत्रलाई समेटी हाम्रो गोराखानी गाउँ,राम्रो गोराखानी गाउँ बोल रहेको गीत सार्वजनिक भएको छ ।दुधकुण्ड नगरपालिकाको वडा नं ९ का वडा अध्यक्ष श्री धनराज तामाङ को बिषेश सहयोगमा स्थानिय कलाकार तथा मोडल पासाङ तामाङको सकृयतमा निर्माण भएको यस गीतमा स्थानिय कला सस्कृती, भेष भुषा,गाउँ घर,धार्मिक तथा पर्यटकिय क्षेत्रहरु लाई समेटिएको छ ।

जैदुङ्,लाप्चा,सिसाखोला,डाडाखर्क,फेदी,दिम्सेत,गोरा,छेवार,धारापानी,पिके,दुधपोखरी जस्ता सुन्दर बस्तीहरु रहेको गोराखानीको प्रचार गीत हाम्रो गोराखानी गाउँ,राम्रो गोराखानी गाउँ को भिडियोमा पनि यि सबै ठाउँ हरुलाई समेटिएको छ । पासाङ तामाङको परिकल्पनामा शंकर अधिकारी घायलको शब्द रहेको यस गीतमा सरोज प्याकुरेलको संगीत,गायिका रिता के,सी र गायक संजय तोम्रुक को स्वर रहेको छ भने छायाँकार रेशम दर्लामी को सुन्दर छायाँकन र बिश्वराम खड्का र अर्जुन खड्काको सम्पादन रहेको यस गीतको भिडियोलाई निर्देशक रत्न काजी जोशीले गीत अनुसार नै सुन्दर तरिकाले भिडियोको निर्माण तथा निर्देशन गरेका छन । ब्रम्हायणी डिजिटल मिडिया बाट निर्माण भएको यस गीतको भिडियोमा मोडल पासाङ तामाङ र सुस्मिता तामाङको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्