पौराणिक एक्सन थ्रिलरमा फिल्म ‘डिएनए’ बन्ने



रंगखबर, काठमाडौँ: पौराणिक एक्सन थ्रिलर जनरामा फिल्म ‘डिएनए’ बन्ने भएको छ। फिल्मलाई चानस पुन मगरले निर्देशन गर्ने भएका छन। निर्देशक मगरक अनुसार फिल्म पौराणिक कथाको मोर्डन एडप्टेसनुमा आधारित थ्रिलर हुनेछ, जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिनेछन्।

फिल्मलाई चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा निर्देशन गर्ने भएका छन्। फिल्म निर्माणको जिम्मेवारी फोनिक फ्लिकले लिएको छ भने बड पिक्चर्स र अन्डर एक्सपोज़ सिनेमासँगको सहकार्यमा निर्माण कार्य अघि बढाइनेछ।

फिल्मको छायाङ्कन आउँदो फाल्गुनमा सुरु गर्ने योजना रहेको छ। पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले दर्शकहरूलाई रोमाञ्चक यात्रामा लैजाने अपेक्षा गरेको अर्का निर्देशक मणि रत्न त्रिपाठीले बताए। यस फिल्ममा नयाँ र नौलो प्रयोगको रूपमा निर्माण गरिने बताइएको छ।

फिल्ममा कलाकारहरू र अन्य टिमको जानकारी केही समयपछि दिइने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्