‘दुःखी आत्मा’मा दया र आँचल पछि अनुपको प्रवेश



रंगखबर, काठमाडौँ: फिल्म ‘दुःखी आत्मा’का लागि कलाकारहरुको लाईन अप बलियो बन्दै गएको छ। केहि समय अघि अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा फाइनल भएको फिल्ममा अब भने अभिनेता अनुप बिक्रम शाहीको इन्ट्री भएको छ। निर्माण टिमले अनुपलाई इन्ट्री गराएसँगै फिल्मको फ्लोरमा जाने डेट पनि अनाउन्स गरेको छ।  अब भने ‘दुःखी आत्मा’ भदौ २४ बाट फ्लोरमा जाने भएको छ।

निर्देशन दिपेन्द्र लामाले निर्देशन गर्ने फिल्ममा अनुपलाई सुहाउदो स्क्रिप्ट भएकाले फिल्ममा अनुवन्धित गराएको जानकारी दिएका छन। फिल्ममा हिमाल कडरियाको लगानी रहने छ।

क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण हुने फिल्मलाई आलोक शुक्लाले खिच्नेछन। फिल्ममा सुशान्त गौतमको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

फिल्ममा वुद्दि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिशिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्