‘रावायण’को ट्रेलरले मचायो तहल्का, युटुवमा राख्यो रेकर्ड



रंगखबर, काठमाडौँ: फिल्म ‘रावायण’को ट्रेलरले अहिले युटुवमा तहल्का मचाईरहेको छ। ट्रेलर सार्वजनिक भएको केहि घण्टामा युटुव ट्रेंडीङको शिर्ष स्थानमा आईसकेको थियो। फिल्मको ट्रेलरले २४ घण्टा नबित्दै १ मिलियन भिउज पार गरि सकेको छ। यो समाचार तयार पर्दा सम्म फिल्मको ट्रेलरलाई दर्शकले १२ लाख ३० हजार पटक हेरी सकेका छन। अभिनेता पल शाहको एक्सन अवतार र अभिनेत्रीद्वय पूजा शर्मा र प्रियंका कार्कीको फरक चरित्रलाई दर्शकले तारिफ गरिरहेका छन।

३ मिनेट ३ सेकेन्ड लामो फिल्मको ट्रेलरमा अधिकांश दृश्यमा द्वन्द्वलाई स्थान दिइएको छ । दाह्री र जुँगाको गेटअपमा देखिएका पलले गरेको द्वन्द्वलाई ट्रेलरमा प्राथमिकतामा राखिएको छ ।

भदौ २१ गतेबाट रिलिज हुने फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, रोजिता पराजुलीलगायतको अभिनय छ ।

फिल्ममा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गुञ्जवाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द,विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर र विजय बस्यालको पोस्टर डिजाइन छ ।

फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्