‘यो दुनिया’मा पूजा र सन्दिपको रोमान्स



रंगखबर, काठमाडौँ: गायक निशान भट्टराइको स्वर रहेको ‘यो दुनिया’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । जसमा लोकप्रिय संगीतकार अर्जुन पोखरेलको संगीत, डा कमल थापाको शब्द रहेको गीतमा अभिनास पासवानको एरेन्ज ,नरेश बिबिसि को मिक्सिङ मास्टरिङ रहेको छ । सार्वजनिक गीतमा अहिलेकी चर्चित नायिका पूजा शर्माको अभिनय छ । जसमा पूजासँग मोडल सन्दिप रानाभाट रोमान्टिक अवतारमा देखा परेका छन् ।

प्रेम रोमान्सले भरिएको सार्वजनिक गीतको निर्देशन माइकल चन्दले गरेका हुन । नेपालका बिभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन भने शिलन लम्सानले सम्पादन गरेका हुन् । माधब शर्माले सहायक निर्देशन गरेको भिडियो द डिभाइन म्युजिक युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्