नाजिर र सलोनलाई आश्माले ‘के हेरेको टुलु टुलु’ भन्दै



रंगखबर, काठमाडौँ: गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘के हेरेको टुलु टुलु’ को भिडियो सार्वजनिक भएको छ । गीतमा नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत, श्यामस्वेत रसाइलीको एरेन्ज र गोविन्द अनेकको रेकर्डिङ छ ।

गीतको भिडियोमा सलोन बस्नेत, नाजिर हुसेन र आश्मा विश्वकर्मा फिचर्ड छन् । भिडियोमा आश्माको प्रेम पाउन सलोन र नाजिरले गरेको संघर्षलाई देखाइएको छ । भिडियोमा तीनै जना कलाकारलाई रोमान्टिक भावमा देख्न सकिन्छ । रोमान्टिक भावको गीतको भिडियोमा गायिका समीक्षा पनि फिचर्ड छिन् ।

गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा सुबास तिमल्सिनाको मेकअप, कुसुम बुटिकको पहिरन, मनिक पाख्रिनको कला निर्देशन, सुभम भुजेलको कोरियोग्राफी, सुरेन्द्र बसेलको सहायक निर्देशन र शम्भु श्रेष्ठको प्रोडक्सन छ ।

भिडियो समीक्षा अधिकारी अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्